युरोपियन च्याम्पियन्स लिगमा आज लियोन र उल्भ्सबर्ग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युरोपियन च्याम्पियन्स लिगमा आज लियोन र उल्भ्सबर्ग भिड्दै

एजेन्सी,१४ भदाै । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत महिला तर्फको उपाधिका लागि आज लियोन र उल्भ्सबर्गबिच प्रतिस्पर्धा हुँदैछ । स्पेनको सेन सेबिस्टानको अनियोटा मैदानमा फ्रान्सेली क्लब लियोन तथा बुन्डेशलिगा क्लब उल्भ्सबर्ग उपाधीका लागि भिड्न लागेका हुन् ।

दुबै टीमबीचको खेल नेपाली समय अनुसार आज राती पौने १२ बजे शुरु हुनेछ । महिला तर्फको बलियो क्लब लियोन सात पटक युरोपेली उपाधी उचाल्ने योजनामा छ भने उल्भसबर्ग तेस्रो पटक च्याम्पियन बन्ने दाउमा छ ।

कोरोनाका कारण रोकिएका युरोपेली फुटबल प्रतियोगिता अगष्ट महिनाबाट पुन सुचारु भएको थियो । लियोनले क्वाटर फाइनलमा जमर्न क्लब बायर्न म्युनिखलाई २–१ गोल अन्तरले हराएको थियो । त्यसैगरी सेमीफाइनल खेलमा घरेलु प्रतिद्धन्द्धी पिएसजीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यता उल्भ्सबर्गले स्कटिस क्लब ग्लसगो सिटीमाथि क्वाटर फाइनलमा ९–१ गोल अन्तरले आरामदायी जित हात पारेको थियो । यस्तै सेमिफाइनलमा गत वर्षको उपबिजेता बार्सालाई एक– सुन्य गोल अन्तरले पाखा लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);