च्याम्पियन्स लिगकाे सेमिफाइनलमा पीएसजी र लाइपजिग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

च्याम्पियन्स लिगकाे सेमिफाइनलमा पीएसजी र लाइपजिग भिड्दै

एजेन्सी,२ भदाै । युरोपियन फुटबल क्लबबीच सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । पोर्चुगलको लिस्बनस्थित स्टाडियो डा लुज रंगशालामा हुने पहिलो सेमिफाइनलमा प्र्रmान्सको पेरिस सेन्ट जर्मेन पीएसजी र जर्मनीको आरबी लाइपजिगबीच प्रतिस्पर्धा हुनेछ ।

पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति पौनै १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले फाइनलमा जर्मनीको बायर्न म्युनिख र फ्रान्सको ओलम्पिक लियोनबीचको विजेतासँग खेल्नेछ । दुवैटोली जित हात पारेर फाइनलमा पुग्ने दाउमा रहेका छन् ।

पीएसजीले क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले हराएको थियो । लाइपजिगले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराएर स्थापनाको ११ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम चार पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);