पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी , ३ भदौ । जर्मन क्लब आरबी लाइपजिगलाई हराउँदै फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति लिस्बनमा भएको खेलमा लाइपजिगमाथि ३–० को सहज जित निकाल्दै पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

पीएसजीको जितममा मार्कविन्होस, एन्जेल डी मारिया र जुआन बेर्नट भेलास्कोले गोल गरे । पीएसजीले खेलको १३ औं मिनेटमै अग्रता बनाएको थियो । एन्जेल डी मारियाको पासमा मार्कविवन्होसमा पीएसजीलाई अग्रता दिलाए । त्यस्तै ४२ औं मिनेटमा डी मारियाले पीएसजीका लागि गोल गरे। यसपटक उनले नेइमारको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा पीएसजी २ गोलले अगाडि रह्यो । दोस्रो हाफमा पीएसजीका लागि भेलास्कोले अर्को गोल थपे । उनले खेलको ५६ औं मिनेटमा डी मारियाको पासमा गोल गर्दा पीएसजीले ३–० ले खेल आफ्नो पक्षमा पार्दै पहिलो च्याम्पियन्स लिग फाइनलको यात्रा तय गर्याे ।

जितेसँगै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा पुग्ने ५ औं फ्रेन्च टिम भएको छ । पीएसजीले फाइनलमा बायर्न र लियोनको बिजेतासँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);