पीएसजीलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पीएसजीलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी , २३ फागुन । रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एग्रिगेटमा ५–२ ले हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गर्न सफल भयो।

मंगलबार राति भएको दोस्रो लेगको खेलमा रियलले पीएसजीलाई २–१ ले हराएको छ । रियलको जितमा रोनाल्डो र कासिमिरोले एक एक गोल गरे । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको पीएसजीका लागि इडिन्सन कभानीले गोल गरेपछि दोस्रो लेगमा रियल मड्रिड २ –१ ले विजयी भयो ।

पहिलो लेगमा हात पारेको ३–१ को जितका कारण केही सहज स्थितीमा रहेको रियल मड्रिडलाई पीएसजीले आफ्नो मैदानमा केही दवाव दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);