रियल र बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २९ चैत । रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालियन क्लब युभेन्टससँग दोस्रो लेगमा ३–१ को पराजयका बाबजुद समग्रमा ४–३ को जितसहित रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

रियल मड्रिड पहिलो लेगमा ३–० ले विजयी भएको थियो । रियललाई सेमिफाइनलमा पुर्याउने क्रममा क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा पनाल्टीमार्फत गोल गरे । दोस्रो लेगमा युभेन्टसले ३–० को अग्रता लिएको अवस्थामा रोनाल्डोले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेका हुन् ।

फल प्रहार गरी अपशब्द बोलेपछि रेफ्रीले युभेन्टसका गोलकिपर बुफोनलाई रातो कार्ड दिए भने रियल मड्रिडले पेनाल्टीको मौका पायो । त्यो मौकाको सदुपयोग गर्दै रोनाल्डोले रियललाई सेमिफाइनलमा पुर्याए ।

गएराति नै भएको अर्को खेलमा सेभिल्लालाई गोलरहित बराबरीमा रोकेर बार्यन म्युनिक पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्यन म्युनिक पहिलो लगेगमा २–१ ले विजयी भएको थियो ।

bayern

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);