विधान अनुसार निर्वाचन गरी फुटबल लिग सञ्चालन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विधान अनुसार निर्वाचन गरी फुटबल लिग सञ्चालन गर्न माग

काठमाडौं, २८ चैत । फुटबल क्लबहरुले एन्फाको बिधान अनुसार समयमा निर्वाचन गर्नु पर्ने र फुटबल लिग तुरुन्त सञ्चालन गर्नु पर्ने माग राखेका छन् ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघको वर्गीकरणमा परेका ए, बी, सी डिभिजन क्लवका साथै मोफसलका क्लवहरुले बिधानअनुसार एन्फाको निर्वाचन समयमै गर्न र लिग सञ्चालन हुने ग्यारेन्टी गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा फुटबल क्लव समन्वय समितिले समयमा एन्फाको निर्वाचन हुन नसक्ने र फुटबल लिग समेत ३ वर्षदेखि गराउन नसक्ने भन्दै एन्फा नेतृत्वको आलोचना गरेको छ ।

अन्तर क्लव समन्वय समितिका संयोजक तथा जावलाखेल युथ क्लवका अध्यक्ष ठूलोभाइ केसीले विधान अनुसार एन्फाको यो कार्य समितिको आयु बैशाख ७ गते सकिने भएकाले त्यसअगावै निर्वाचन सम्पन्न नभए बैधानिकता गुम्ने भन्दै समयमा चुनाव र लिगको मिति घोषणा गर्न माग गरे।

पत्रकार सम्मेलनमा सहभागी भएका क्लबहरुले निर्बाचन गरि डिभिजन स्तरिय फुटबल लिगको मिति घोषणा नगरिए आन्दोलन नै गर्नु पर्ने भन्दै अखिल नेपाल फुटबल संघलाई दबाब दिँदै आएका छन् । समयमा फुटबल लिग नहुदा आर्थिक व्ययभार बढेको कतिपय क्लबमा आर्थिक अभाव हुन थालेको छ । तीन वर्षदेखि लिग नहुँदा खेलाडीलाई दिनुपर्ने पारिश्रमिक, प्रायोजककको दवाव आदि थेग्न नसक्ने अवस्थामा पुगेको क्लवहरुले बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);