एन्फा कार्यसमितिको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एन्फा कार्यसमितिको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित कार्यसमितिका सात सदस्यले कार्यसमिति बैठकको माग गरेका छन् ।

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा समेत छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठक माग गरे । एन्फाको कार्यसमितिमा १७ सदस्य रहेको छ । 

‘एन्फाको केन्द्रीय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन् । जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ । साथमा विधि प्रक्रियाविहिन ढंगबाट संघ सञ्चालन भइरहेको छ,’ बैठक माग गर्दै दायर गरिएको पत्रमा उल्लेख छ । 

‘आगामी २०७९ बैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको छ ।’ पत्रमा भनिएको छ । 

पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन् । पटकपटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेका कारण बाध्य भएर विधानअनुसार बैठक माग गरिएको संयुक्त पत्रमा उल्लेख छ । ‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);