प्रशिक्षक अलमुताइरीको राजीनामा विवादमा छानविनका लागि एन्फाद्धारा खेलकुद मन्त्रालयलाई सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रशिक्षक अलमुताइरीको राजीनामा विवादमा छानविनका लागि एन्फाद्धारा खेलकुद मन्त्रालयलाई सिफारिस

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयले छानविन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानविन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गका कारण आफूले पदबाट राजीनामा दिने घोषणा गरेपछि विवाद उत्पन्न भएको हो । मुख्य प्रशिक्षकले आफूमाथि संघिन आरोप लगाएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविनको माग गर्दै तथा मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष र दुई पत्रकारमाथि छानविनको माग गर्दै एन्फामा उजुरी दिएका थिए ।

प्रशिक्षकको राजीनामा प्रकरण र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे छलफल गर्न शुक्रबार अपरान्ह बसेको एन्फा कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले महिला फुटबल टिमको इरानसंग र पुरुष फुटबल टिमको बंगलादेश, भारत र सिंगापुर लगायतका देशसंग मैत्रीपूर्ण खेलका लागि पत्राचार भइरहेको उल्लेख गर्दै अवस्था अनुसार खेल्न पठाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);