अमेरिकी पौडीबाज ड्रेसलले जिते टोकियो ओलम्पिकमा ३ स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकी पौडीबाज ड्रेसलले जिते टोकियो ओलम्पिकमा ३ स्वर्ण

एजेन्सी । अमेरिकी पौडीबाज केलब ड्रेसलले जारी टोकियो ओलम्किमा तीन स्वर्ण पदक जित्न सफल भएका छन् ।

ड्रेसलले पुरुष तर्फको एक सय मिटर बटरफ्लाइमा विश्व कीर्तिमान तोड्दै स्वर्ण पदक जितेका हुन् । २४ वर्षका ड्रेसलले ४९.४५ सेकेण्डमा दूरी पूरा गरेर विश्व कीर्तिमान तोडेका हुन् ।

ड्रेसलले यसअघि एक सय मिटर फ्री स्टाइलमा ४७.०२ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक हात पारेका थिए । यस्तै उनले चार गुणा सय मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

जारी टोकियो ओलम्पिकमा ड्रेसलले शनिबार मिक्स्ड मिड्लेको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । यसमा पनि उनले स्वर्ण जित्ने सम्भावना रहेका छ ।

ड्रेसलले जारी ओलम्पिकमा ५० मिटर फ्री स्टाइल तथा मिड्लेमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);