इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने

एजेन्सी । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले सबै खाले क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने भएका छन् । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ ।

स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेको बोर्डले जनाएको हो । क्रिकेटबाट विश्राम लिने निर्णयसँगै स्टोक्सले भारतविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।

इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग पाँच खेलको टेस्ट सिरिज खेल्ने तय भएको थियो । अगस्ट ४ मा सुरु हुने पहिलो र दोस्रो टेस्ट सिरिजका लागि इंग्ल्यान्डले स्टोक्सलाई समावेश गर्दै टिमको घोषणा समेत गरिसकेको थियो । अब स्टोक्सको स्थानमा क्रेग ओभरटनले इंग्ल्यान्डको टिमबाट खेल्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);