तीन स्वर्ण र एक कास्यसहित चीन टोकियो ओलम्पिक पदक तालिकाको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

तीन स्वर्ण र एक कास्यसहित चीन टोकियो ओलम्पिक पदक तालिकाको शीर्ष स्थानमा

एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक जितेको छ । प्रतियोगितामा इटाली र जापान एक–एक स्वर्ण तथा दुई–दुई रजत सहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् ।

यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरलैण्डस्, रोमानिया, चाइनिज ताइपेई र टयूनिसिया एक-एक रजत पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन्। । टोकियो ओलम्पिकमा सहभागी २ सय ५ देशमध्ये हालसम्म २८ देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्।

तीमध्ये शनिबारको खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित भए । सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद सागमा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । उनले महिला १० मिटर एयर राइफलमा ६ सय १६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाइन् ।

यसअघि उनको नाममा ६सय १४ दशमलव ५ अङ्कको कीर्तिमान थियो । यस्तै जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भइन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ।

सिंहले महिला सय मिटर फ्रि स्टाइल, शाहले पुरुष सय मिटर फ्रि स्टाइल तथा चौधरीले महिला सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । शाहले मंगलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);