जापानमा जारी ओलम्पिकमा २९ स्वर्ण जित्दै चीन पहिलो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जापानमा जारी ओलम्पिकमा २९ स्वर्ण जित्दै चीन पहिलो स्थानमा

tokyo olympics

एजेन्सी । जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको संख्या २९ पुर्याएको छ ।

चीन २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित ६२ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्य गरी ६४ पदक जितेको छ ।

तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, ६ रजत र १० कास्यसहित ३३ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित कुल ३३ पदक जितेको छ । रुस ओलम्पिक कमिटीले १२ स्वर्ण, बेलायतले ११, दक्षिण कोरियाले र फ्रान्स र जर्मनीले ६/६ जितेका छन् भने नेदरल्यान्ड ५ स्वर्ण जितेको छ ।

यस्तै न्युजिल्यान्ड र चेक रिपब्लिकले चार/चार स्वर्ण जितेका छन् । इटली ४ चाइनिज ताइपेइ हङ्गेरी, स्लोभानिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);