ओलम्पिकमा ३४ स्वर्ण जित्दै चीन पहिलो स्थानमा कायमै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओलम्पिकमा ३४ स्वर्ण जित्दै चीन पहिलो स्थानमा कायमै

एजेन्सी । जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा चीनले स्वर्ण तालिकामा अग्रता कायमै राखेको छ ।

जारि ओलम्पिकको १२ औं दिनको खेल सकिदा २ सय ५२ स्वर्ण पदकको छिनोफानो हुँदा चीन तालिकाको शीर्ष स्थानमामै रहेको हो । चीनले ३४ स्वर्ण पदकसहित कुल ७४ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २९ स्वर्ण पदकसहित कुल ९१ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २२ स्वर्णसहित कुल ४६ पदक जितेको छ ।


यस्तै रसियन ग्रेट ब्रिटेन ओलम्पिक कमिटिले १६÷१६ स्वर्ण जित्दा अष्ट्रेलियाले १७ स्वर्णसहित कुल ४१ पदक जितेको छ । फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स, इटाली र दक्षिण कोरियाले ७/७ स्वर्ण हात पारेका छन् ।

क्युवाले ५ स्वर्ण जित्दा हंगेरी, क्यानडा, ब्राजिल र चेक रिपब्लिकले ४/४ स्वर्ण जितेको छ । त्यस्तै २७ राष्ट्रले १/१ स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८१ देशले पदक प्राप्त गर्न सफल भएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);