टोकियो ओलम्पिकमा २४ स्वर्ण जित्दै चीन पहिलो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टोकियो ओलम्पिकमा २४ स्वर्ण जित्दै चीन पहिलो स्थानमा

tokyo olympics

एजेन्सी । जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको संख्या २४ पुर्याएको छ ।

चीन २४ स्वर्ण, १४ रजत र १३ कास्यसहित ५१ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य गरी ५९ पदक जितेको छ ।

तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, पाँच रजत र ९ कास्यसहित ३१ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित कुल ३१ पदक जितेको छ । रुस ओलम्पिक कमिटीले १२ स्वर्ण, बेलायतले १०, दक्षिण कोरियाले र फ्रान्सले पाच जितेका छन् ।

नेदरल्यान्ड, जर्मनीले ४ स्वर्ण जितेका छन् । यस्तै न्युजिल्यान्ड र चेक रिपब्लिकले चार÷चार स्वर्ण जितेका छन् । इटली, चाइनिज ताइपे, हङ्गेरी, स्लोभानिया र कोसोभोले दुई÷दुई स्वर्ण जितेका छन् । ३० वटा देशले एक÷एक स्वर्ण जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);