टोकियो ओलम्पिकमा ३८ स्वर्णसहित चीनको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टोकियो ओलम्पिकमा ३८ स्वर्णसहित चीनको अग्रता कायमै

जेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद जापानमा जारी ‘टोकियो ओलम्पिक’मा चीनले अग्रता कायमै राखेको छ ।

टोकियोमा जारी ओलम्पिकको १५ औं दिनको खेल सकिंदा ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको हो । जसमा रसियन ओलम्पिक टिम सहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको चीनले ३८ स्वर्ण सहित कुल ८७ पदक जितेको छ ।

दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण सहित कुल १ सय ८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण सहित कुल ५६ पदक जितेको छ ।

रसियन ओलम्पिक कमिटी २० स्वर्ण सहित ६९ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन २० स्वर्णसहित कुल ६३ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटाली,नेदरल्यान्ड्स र जर्मनीले समान १० स्वर्ण जितेका छन् ।

फ्रान्सले ९ स्वर्ण जित्दा ब्राजिल र न्युजिल्याण्डले ७÷७ स्वर्ण जितेका छन् ।क्यानडा, हंगेरी, दक्षिण कोरिया र क्युबाले ६÷६ स्वर्ण हात पारेकाछन भने पोल्याण्ड, चेक रिपब्लिक, नर्वे र जमैकाले ४÷४ स्वर्ण जितेका छन् ।

त्यस्तै स्पेन, इरान, स्विडेन, केन्या, डेनमार्क, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३÷३ स्वर्ण जितेका छन् । दुई स्वर्ण जित्ने राष्ट्रमा जर्जिया, टर्की, इजरायल, उज्वेकिस्तान, बुल्गेरिया, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास, सर्बिया र युगान्डा छन् । त्यस्तै २३ राष्ट्रले १÷१ स्वर्ण पदक जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);