टोकियो ओलम्पिकमा चीन पहिलो स्थानमा कायमै, कुन देशले कति कति पदक जिते ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

टोकियो ओलम्पिकमा चीन पहिलो स्थानमा कायमै, कुन देशले कति कति पदक जिते ?

एजेन्सी । जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा चीनले स्वर्ण तालिकामा अग्रता कायमै राखेको छ ।

जारि ओलम्पिकको १२ औं दिनको खेल सकिदा २ सय ४३ स्वर्ण पदकको छिनोफानो हुँदा चीन तालिकाको शीर्ष स्थानमामै रहेको हो ।

चीनले ३२ स्वर्ण पदकसहित कुल ७० पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७९ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २१ स्वर्णसहित कुल ४० पदक जितेको छ ।

ग्रेट ब्रिटेन १५ स्वर्णसहित ४८ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलियाले १५ स्वर्णसहित कुल ३६ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै रसियन ओलम्पिक कमिटिले १४ स्वर्ण जित्दा जर्मनीले ९ स्वर्ण जितेको छ ।

फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स, इटाली र दक्षिण कोरियाले ६/६ स्वर्ण हात पारेका छन् । क्युवाले ५ स्वर्ण जित्दा हंगेरी, क्यानडा, ब्राजिल र चेक रिपब्लिकले ४/४ स्वर्ण तथा पोल्याण्ड, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।

दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, जमैका, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् । त्यस्तै २७ राष्ट्रले १÷१ स्वर्ण पदक जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);