टोकियो ओलम्पिकको पदक तालिकामा आयोजक जापानको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टोकियो ओलम्पिकको पदक तालिकामा आयोजक जापानको अग्रता

tokyo olympics

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’मा पदक तालिकामा आयोजक जापानले अग्रता बनाएको छ ।

टोकियो ओलम्पिकको चौंथो दिन पदक तालिकामा आयोजक चीनलाई उछिन्दै जापानले अग्रता बनाएको हो । जापानले ८ स्वर्ण सहित कुल १३ पदक जितेको छ । आइतबारसम्म शीर्ष स्थानमा रहेको चीन तेस्रो स्थानमा झरेको छ ।

चीनले ६ स्वर्ण सहित कुल १८ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा उक्लिएको अमेरिकाले ७ स्वर्णसहित कुल १४ पदक जितेको छ । रसियन ओलम्पिक कमिटि ४ स्वर्णसहित कुल १२ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन ३ स्वर्णसहित कुल ७ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरियाले ३ स्वर्ण जित्दा अष्ट्रेलिया र कोशोभोले २-२ स्वर्ण पदक जितेका छन् । जारि ओलम्पिकमा सोमबार सम्म कुल ५० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा २३ राष्ट्रले स्वर्ण जितेका छन् ।

नेपालबाट यस ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाएका छन् । जसमा दुई खेलाडी बाहिरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);