टोकियो ओलम्पिकमा २१ स्वर्णसहित चीन पदक तालिकाको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

टोकियो ओलम्पिकमा २१ स्वर्णसहित चीन पदक तालिकाको शीर्ष स्थानमा

olampik tokyo

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ मा चीन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

चीनले हालसम्म २१ स्वर्ण, १२ रजत र १२ कांस्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् ।

जापानले १७ स्वर्ण, ५ रजत र ८ कांस्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १६ स्वर्ण, १७ रजत र १२ कांस्य प्राप्त गर्न सफल भएको छ ।

यस्तै १० स्वर्ण, १५ रजत र ११ कास्य पदक प्राप्त गर्दै रूस ओलम्पिक पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया १० स्वर्ण, ३ रजत र १४ कास्यपदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ८ स्वर्ण, ९ रजत र १० कांस्यसहित छैटौँ, दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ७ कांस्यका साथ सातौँ, नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै आठौँ, फ्रान्स ४ स्वर्ण, ८ रजत र ६ कांस्यका साथ नवौँ तथा जर्मनी ३ स्वर्ण, ४ रजत र १० कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए ।

पाँचै खेलाडी टोकियो ओलम्पिकबाट पदकबिहिन भएर बाहिरिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);