साग अन्तर्गतको बक्सिङमा नेपाललाई २ स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

साग अन्तर्गतको बक्सिङमा नेपाललाई २ स्वर्ण

minu gurung

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बक्सिङमा महिला तर्फ नेपालकी मिनु गुरुङले ऐतिहासिक स्वर्ण जितेकी छिन् । सोमबार महिला ५४ केजी तौल समुहमा निमु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता महर्जनले रजत पदक जितेकी छिन् । यसैगरी पुरुष ६४ केजी तौल समूहमा भूपेन्द्र थापाले स्वर्ण जितेका छन् । थापाले फाइनलमा भारतीय खेलाडी अंकको आधारमा पराजित गरेर स्वर्ण पदक जितेका हुन् ।

सोमबार नै साग अन्तर्गत जुडोमा महिला तर्फ नेपालले स्वर्ण जितेको छ । महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन् । पुनमले बंगलादेशकी खानुमलाई हराउँदै स्वर्ण हात पारेकी हुन् । योसँगै नेपालको स्वर्ण पदक संख्या ४८ पुगेको छ ।

यसैगरी सागको थ्री अन थ्री बास्केटबलमा पुरुषतर्फ नेपालले रजत पदक प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २०–१५ ले पराजित भएको हो । बास्केटबलमा नेपालले थ्री अन थ्रीमा पदक जितेको पहिलो पटक हो । थ्री अन थ्री बास्केटबलको महिला तर्फ भने नेपालले कास्य पदक जितेको छ ।

जारी साग खेलकुदको पछिल्लो पदक तालिका अनुसार भारतले १ सय ३८ स्वर्ण ,८० रजत र ४२ कास्य सहित कुल २ सय ६० पदक जितेर अग्र स्थानमा रहेको छ । नेपाल ४८ स्वर्ण, ४८ रजत र ७९ कास्य सहित १ सय ७३ पदक जितेर दोस्रो स्थानमा छ । श्रीलंकाले ३६ स्वर्ण, ७४ रजत र १ सय ३ कास्य पदक हात पारेको छ ।

पाकिस्तानले ३०, बंगलादेशले १८ र माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले ५ वटा रजत र १३ वटा कास्य पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);