भारतसँग पराजित भएपछि प्रशिक्षकबाट दिए हरि खड्काले राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतसँग पराजित भएपछि प्रशिक्षकबाट दिए हरि खड्काले राजीनामा

hari khadka

काठमाडौं, २३ मंसिर । फुटबलमा नेपाललाई स्वर्ण दिलाउन असफल भएपछि महिला फुटबलका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।  १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदकका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला फुटबल टिम भारतसँग २-० ले पराजित भएकाे छ । भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका हुन् ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ । भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् ।

यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापासंगै मनमाया लिम्बुले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् । घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले सन्यास घोषणा गरेकी हुन् ।

जारी साग खेलकुदको पछिल्लो पदक तालिका अनुसार भारतले १ सय ३४ स्वर्ण, ७८ रजत र ४२ कास्य सहित कुल २ सय ५५ पदक जितेर अग्र स्थानमा रहेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य सहित १ सय ६५ पदक जितेर दोस्रो स्थानमा छ ।

श्रीलंकाले ३६ स्वर्ण, ६८ रजत र ९४ कास्य पदक हात पारेको छ । पाकिस्तानले ३०, बंगलादेशले ८ र माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले ९ वटा कास्य पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);