१३ औं साग : महिला फुटवलमा नेपालको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१३ औं साग : महिला फुटवलमा नेपालको विजयी शुरुवात

नेपालद्वारा श्रीलंका १-० गोल अन्तरले पराजित

पोखरा, १७ मंसिर । पोखरा रंगशालामा भएको १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा मंगलबार नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेल पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालको जीतमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सरु लिम्बुको गोल निर्णायक बन्यो ।

उनले ८६ औं मिनेटमा अनिता केसीको पासमा गोल गरेकी थिइन् । यस सँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले दोस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्नेछ । १३ औं सागको महिला फुटबलमा ५ टोली सहभागी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);