साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो हार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो हार

बंगलादेश विरुद्ध २-१ गोल अन्तरले नेपाल पराजित

काठमाडौं, २४ असोज । भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

भुटानको थिम्पु रंगशालामा शुक्रबार भएको खेलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

बंंगलादेशलाई जित दिलाउन शाहिदा अख्तर र शामसुन्नहरले एक एक गोल गरेका हुन् । नेपालका लागि एक मात्र गोल अमिषा कार्कीले गरेकी हुन् ।

यो प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो गोल अन्तरले पराजित भएको थियो । बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);