मंसिर १५ देखि हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मंसिर १५ देखि हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारी तिब्र

saag

प्रतियोगिता आयोजनाको लागि ३ अर्ब ६५ करोड रकम विनियोजन

काठमाडौं, २४ असोज । आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग)को तयारी अहिले तीब्र रुपमा अघि बढाइएको छ ।

काठमाण्डौँ र पोखरामा आयोजना हुने प्रतियोगिताको लागि भौतिक पूर्वाधार तयारीदेखि खेलाडी प्रशिक्षणको काम अहिले भइरहेको छ । साग गेम आयोजनाको लागि सरकारले ३ अर्ब ६५ करोड रकम छुट्याएको छ ।

साग गेम आयोजना हुन अब करिब डेढ महिना बाँकी छ । मिति नजिकिएसँगै २७ वटा बिधामा हुने साग प्रतियोगिताको तयारीले पनि तीब्रता लिएको छ । दक्षिण एशियाको सबैभन्दा ठुलो खेल उत्सव सागमा सार्क राष्ट्रका खेलाडीहरुको उल्लेखनीय सहभागिता हुने छ ।

सागका लागि सरकारले भौतिक पुर्वाधारदेखि खेलाडी प्रक्षिणमा समेत गरेर ३ अर्ब ६५ करोड बजेट छुट्टयाएको छ । सागलाई सफलता पूर्वक सम्पन्न गर्न पुर्वाधार निर्माणदेखि छनोट प्रक्रिया लगभग सकेर थप प्रक्षिणका लागि केहि टोली बिदेश पनि गइसकेका छन् ।

केहि खेलको देश भित्रै प्रशिक्षण भइरहेको राष्ट्रिय खेलकुद परिषद, राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिनु भयो ।

साग गेम तयारीको प्रक्रिया अहिले लगभग अन्तिम चरणमा पुगेको छ । आयोजना हुने प्रमुख स्थल दशरथ रंगशालाको निर्माण कार्य पनि अन्तिम चरणमा पुगिसकेको छ ।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि त्यस यता दशरथ रंगशालामा कुनै पनि खेलकुदका कार्यक्रम हुन सकेको छैन । दशरथ रंगशाला प्रतियोगिता शुरु हुनु भन्दा १ महिना अघि नै निर्माण सम्पन्न हुने राखेपका नायब वरिष्ठ अधिकृत लवभक्त श्रेष्ठले बताउनु भयो ।

स्वदेश भित्र हुने प्रतियोगिता होस या बाहिर हुने प्रतियोगिता, जहिले पनि खेलाडी र पदाधिकारीबीच विवाद हुने गरेको छ । खासगरी खेलाडीको पारिश्रमीक र अन्य सुविधा सम्बन्धी विवाद वर्षाैदेखि सुल्झिन सकेको देखिंदैन ।

खेलाडीले समयमै प्रशिक्षण नपाउने, खेलाडीले ड्रेस समयमै नपाउने र अभ्यास स्थलको अभाव नेपाली खेलाडीको लागि स्थायी समस्या जस्तै हुंदै आएको छ । तर यस पटक त्यस्तो समस्या नहुने राखेपको दाबी छ । दक्षिण एशियाको सबैभन्दा ठुलो खेल उत्सव साग नेपालले दोस्रो पटक आयोजना गर्न लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);