जनकपुरमा कुस्ती खेलको लागि तयारी तिव्र | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जनकपुरमा कुस्ती खेलको लागि तयारी तिव्र

SAG 2019

जनकपुर, ७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत कुस्ती खेलको लागि जनकपुरमा तयारी तिव्र पारिएको छ । सागमा प्रतिस्पर्धा हुने २६ खेलमध्ये जनकपुरमा हुने कुस्ती खेलका लागि कभर्ड हलको मर्मत संभार कार्य तीव्र गरिएको हो ।

जनकपुरमा दक्षिण एसियाली खेलकुद (साग) को तयारी तीव्र पारिएको छ । जनकपु्रधामको कवर्ड हलमा यहि मंसिर २० गतेदेखि हुने सागको महिला तथा पुरुष कुस्ती खेलका लागि अहिले कभर्डहललाई मर्मतले तीव्रता पाएको हो । आयोजनामा लाग्ने ५६ लाख मध्ये २० लाख रुपैंया राष्ट्रिय खेलकुद परिषदले अग्रिम दिएको र बाँकी रकम खेलपछि दिने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख विनोद कुमार सिँहले जानकारी दिनुभयो ।

१३ औं सागअन्तर्गतका विभिन्न खेलहरू काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदै छ । जनकपुरमा पहिलोपटक आयोजना भइरहेको सागको तयारी तीव्र रुपले अगाडि बढेको छ । मंसिर २० देखि २४ गतेसम्म आयोजना हुने सागका लागि जिल्ला खेलकुद विकास समितिको मुजेलियास्थित कभर्ड हलमा अहिले भौतिक पूर्वाधार, झ्याल, ढोका, मञ्च, विशिष्ट कक्षलगायत मर्मतसम्भार कार्य चलिरहेको छ । भौतिक संरचनादेखि अन्य तयारी करिब ८० प्रतिशत पूरा भइसकेको र बाँकी काम पनि १० मंसिरसम्म सकिने प्रमुख सिंहले बताउनु भयो ।

प्रतियोगिता आयोजना गर्न जिल्ला खेलकुद विकास समितिले संयोजन गरेको छ भने प्राविधिक तयारी केन्द्रले गरिरहरेको छ । जनकपुरमा कुस्ती र कबड्डी खेल आयोजना गर्ने तयारी गरिएको थियो । तर राष्ट्रिय खेलकुद परिषद्ले भौतिक पूर्वाधारको अभाव देखाउँदै कुस्तीको लागि मात्र अनुमति दिएको थियो ।

कुस्ती प्रतियोगितामा भाग लिन नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटानका खेलाडीलाई जनकपुरले अथित्य गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);