महिला साफमा बंगलादेशले पाकिस्तानलाई पराजित गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महिला साफमा बंगलादेशले पाकिस्तानलाई पराजित गर्‍यो

काठमाडौं। राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै खेलको २८ औं मिनेटमा शोप्नाले गोल गर्दै बङ्गलादेशलाई २–० को अग्रता दिइन् । खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर पारिन् ।

खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बङ्गलादेशलाई ६–० को जित दिलाइन् । बङ्गलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);