यू-१९ महिला फुटवल : नेपाल अष्ट्रेलियासंग ११-१ गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यू-१९ महिला फुटवल : नेपाल अष्ट्रेलियासंग ११-१ गोलले पराजित

काठमाडौं, १३ बैशाख ।  एएफसी यू–१९ महिला च्याम्पियनसिप फुटवल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । म्यानमारको मण्डलेस्थित मण्डलर थ्री स्टेडियममा शुक्रबार भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ६ गोल खाएको थियो । यस्तै दोस्रो हाफमा ५ गोल खान पुग्यो । नेपालको लागि मन्जली कुमारी योञ्जनले एक गोल फर्काइन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिईन् ।

मन्जली अष्ट्रेलियाविरुद्ध गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । फिफाको महिला वरियतामा ९७ औं स्थान माथि रहेको अष्ट्रेलियासंग नेपाल सवै पक्षमा कमजोर देखिएको थियो । महिलाको वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहेको छ ।

नेपाल भने १०६ औं स्थानमा छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको नेपालले अब दोस्रो खेलमा आइतबार उज्वेकिस्तानसंग खेल्नेछ । यस्तै मंगलबार नेपालले म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);