आईपीएल: राजस्थानद्वारा कोलकत्ता पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आईपीएल: राजस्थानद्वारा कोलकत्ता पराजित

ipl

काठमाडौं, १३ बैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ ।

राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो । कोलकत्ताले दिएको १७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गरेको हो । राजस्थानका लागि रियान परागले सर्वा्धिक ४७ अजिंक्या रहाणेले ३४, सन्जु सामसनले २२ तथा जोफ्रा अर्चारले २७ रन बनाए । कोलकत्ताका पियुस चावलाले ३ तथा सुनिल नारायणेले २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोलकत्ताका लागि दिनेश अविजित ९७ रन बनाएपनि आफ्नो टीमलाई जिताउन सकेनन् । यो कोककत्ताको लगातार छैटौँ हार हो । जितसँगै राजस्थानले ११ खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा पुगेको छ । कोलकत्ता ११ खेलबाट ८ अंक जोडेर छैटौँ स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);