समूह बिजेता बन्दै नेपाल एसीसी यू–१६ क्रिकेटको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

समूह बिजेता बन्दै नेपाल एसीसी यू–१६ क्रिकेटको सेमिफाइनलमा

nepalvsthailand

काठमाडौं, १२ बैशाख । थाइल्यान्डमा जारी एसीसी यू–१६ पूर्व क्षेत्रिय क्रिकेटमा नेपाल समुह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बर्षाले खेल रद्ध भएपछि घरेलु थाइल्यान्डविरुद्धको खेलमा अंक बाँड्नु परे पनि नेपाल अंकतालिको शीर्षस्थानमा पुग्यो ।

थाइल्यान्डको चियाङमाई रंगशालामा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । ३५ ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै २ सय ३४ रनको स्कोर खडा गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको थाइल्यान्डले खाता खोल्न नपाउँदै एक विकेट गुमायो । तर, एक ओभर ५ बल खेलेपछि शून्य रनको स्थितिमा वर्षाले खेल अवरुद्ध हुन पुग्यो । लामो समय वर्षा नरोकिएपछि अम्यायरले खेल रद्द भएको घोषणा गरे र नेपालले थाइल्यान्डसँग १ अंक बाँड्नुपरयो ।

यद्यपि, नेपालले खेलेका तीन खेलमा ५ अंकका साथ समूह एको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । मलेसिया उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भयो । समूह चरणको पहिलो खेलमा नेपालले म्यानमारमाथि ७ विकेटको र मलेसियामाथि ३९ रनको जित दर्ता गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);