राजस्थानसँग ६ विकेटले कोलकत्ता पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

राजस्थानसँग ६ विकेटले कोलकत्ता पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा कोलकत्ता नाईट राईडर्सलाई ६ विकेटले पराजित गर्दै राजस्थान रोयल्सले जित निकालेको हो । १ सय ३४ रनको लक्ष्य राजस्थान रोयल्सले ४ विकेट गुमाएर ७ बल अगावै पूरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४२ रनको ईनिङ्स खेले । डेभिड मिल्नर २४ रनमा अविजित रहदाँ एसहस्वी जयसवाल र सिभम दुबेले समान २२ रन बनाए । ओपनर जोस बटलर ५ रनमा आउट भएको खेलमा राहुल तिवाती ५ रनमा पोविलियन फर्किए ।

कोलकत्ताका वरुण चक्रवत्तीले सर्वाधिक २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले समान एक÷एक विकेट लिए । यसअघि, राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

कोलकत्ताका लागि राहुल त्रिपाठले सर्वाधिक ३६, दिनेश कात्तिकले २५, नितिस रानाले २२, सुभमन गिलले ११, सुनिल नारिनले ६, आन्द्रे रसेलले ९ रन, प्याट कुमिन्सले ५ रन बनाए ।

राजस्थानका क्रिस मोरिसले ४ तथा जयदेव, चेतन साकिरिया र मुस्ताफिर रहमानले समान एक÷एक विकेट लिए । जिसँगै तालिकाको पुछारमा रहेको राजस्थान २ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने कोलकत्ता २ अंक सहित तालिकाको पुछारमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);