चेल्सीसँग वेस्ट ह्याम युनाईटेड १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

चेल्सीसँग वेस्ट ह्याम युनाईटेड १–० गोल अन्तरले पराजित

एजेन्सी ।  इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

शनिबार राति सम्पन्ने खेलमा चेल्सीले १० खेलाडीमा सिमित वेस्ट ह्याम युनाईटेडलाई १–० ले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन टिमो वेर्नेरले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा वेर्नेरले गोल गरेका हुन् । उनले बेन चिलवेलको पासमा गोल गरेका हुन् । यस्तै खेलको ४२ औं मिनेटमा फाबियानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै चेल्सीले ३३ खेलमा ५८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);