प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

एजेन्सी, ७ पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० गाले अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

चेल्सीका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । सिल्भाले १० औँ मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । अब्राहमले ७८ र ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो ।

जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);