प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं, ७ पुष । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सोमबार नेपाल क्रिकेट संघ क्यानले महिला पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।

दाङको लमहीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ भिड्ने छन् । ८ दिन चाल्ने प्रतियोगितामा फाइनल बाहेक हरेक दिन दुई खेल हुनेछ । प्रतियोगितामा ७ प्रदेशका टिम विभागिय टिम एपिएफको सहभागिता रहने छ ।

पुस ११ बाट सुरु हुने प्रतियोगिताको सेमिफाइनल पुस १७ र फाइनल खेल १९ गते हुनेछ । प्रतियोगिता टी–ट्वान्टी ढाँचामा हुनेछ । यसै प्रतियोगिताको लागि हाल हरेक प्रदेशले खेलाडी छनोट गर्दै आएको छ । दुई समुहमा विभाजन गरिएको ८ टिमले एकआपसमा खेल्दै शीर्ष २ टोली सेमिफाइनल पुग्ने छन् ।

समुह ए को विजेताले समुह बी को उपविजेता र समुह बी को विजेताले समुह ए को उपविजेतासंग सेमिफाइनल खेल्ने छन् । समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । यस्तै समुह बीमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);