पाकिस्तानद्वारा न्युजिल्याण्ड ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पाकिस्तानद्वारा न्युजिल्याण्ड ४ विकेटले पराजित

एजेन्सी, ७ पुष । तेस्रो तथा अन्तिम टि–ट्वान्टी क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डको नापियरमा मंगलबारको जितसंगै पाकिस्तान टि–ट्वान्टी शृंखलामा क्लीनस्वीप हुनबाट जोगीएको हो ।

न्युजिल्यान्डले दिएको १ सय ७४ रनको लक्ष्य पाकिस्तानले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गरेको हो । यो खेलमा पहिलेव्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो । न्युजिल्याण्डका डेभन कनभेले ६३ र ग्लेन फिलिप्सले ३१ रन बनाए ।

पाकिस्तानका मोहम्मद होसेन र ह्यारिस रौफले २–२ विकेट लिए ।

जवाफमा पाकिस्तानले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर जित हात पारेको हो ।यसअघिका दुवै खेल हारेको पाकिस्तानका लागि मोहम्मद रिजवानले ८९ र मोहम्मद हाफिजले ४१ रन बनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);