इंग्ल्याण्डविरुद्धको अन्तिम टी-२० क्रिकेटमा पाकिस्तान विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्ल्याण्डविरुद्धको अन्तिम टी-२० क्रिकेटमा पाकिस्तान विजयी

एजेन्सी, १७ भदौ । इंग्ल्याण्डविरुद्ध तेस्रो तथा अन्तिम टी २० क्रिकेट पाकिस्तानले ५ रनले जितेको छ । इंग्ल्याण्डको म्यान्चेस्टरमा आज बिहान सम्पन्न अन्तिम टी २० क्रिकेट पाकिस्तानले ५ विकेटले जितेको हो ।

योसँगै ३ खेलको टी-२० क्रिकेट श्रृखला बराबरी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनायो । पाकिस्तानका लागि मोहम्मद हफिजले नट आउट ८६ रन र हैदर अलिले ५४ रनको योगदान गरे । इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिए ।

जवाफमा १ सय ९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डका मोइन अलिले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टमले ४६ रनको योगदान गरे । पाकिस्तानका वुहाव रियाज र सहेन्सा अफ्रिदीले दुई दुई विकेट लिए ।

इंग्ल्याण्ड र पाकिस्तानबीच पहिलो टी-२० वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी-२० मा इंग्ल्याण्ड विजयी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);