रियल म्याड्रिड र बार्सिलोनाले खेल्ने पहिलो चरणका खेलहरु स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रियल म्याड्रिड र बार्सिलोनाले खेल्ने पहिलो चरणका खेलहरु स्थगित

एजेन्सी, १६ भदौ । स्पेनीस राष्ट्रिय लिग फुटबल ला लिगामा रियल म्याड्रिड र बार्सिलोनाले खेल्ने पहिलो चरणका खेलहरु स्थगित भएका छन् । स्पेनीस सुपर कपका कारण आयोजकले रियाल र बार्सिलोनाले खेल्ने पहिलो चरणको खेल पछि सारेका जनाइएको छ । ला लिगाले ती खेलहरुलाई आगामी डिसेम्बर १५ र १६ तारिखका लागि तय गरेको छ । यस्तै लेभान्टे र एट्लेटिको म्याड्रिड तथा सेभिया र इली विचको खेलपनि सारिएको छ । त्यसैगरी ग्रानाडा र ओसासुनाविचको खेलका बेला युरोपा लिगको प्लेअफ भएकाले स्थगित गरिएको छ ।

सो खेल सन २०२१ को जनवरी १२ तारिखमा हुने भएको छ । ला लिगा यही सेप्टेम्बर १३ तारिखबाट सुरु हुनेछ । ला लिगाको पहिलो खेलमा डिर्पोटिभो अलाभेस र रियल बेटिसविच प्रतिस्पर्धा हुनेछ । यस्तै बार्सिलोना र रियलविचको एल क्लासिकोको पहिलो खेल अक्टोबर २५ तारिखमा हुनेछ भने दोस्रो एल क्लासिको २०२१ को अप्रिल ११ ताखिरमा हुनेछ ।एट्लेटिको र रियालविचको म्याड्रिड डर्वीको पहिलो खेल डिसेम्बर १३ तारिखमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);