दक्षिण अफ्रीकाविरुद्धको ३ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दक्षिण अफ्रीकाविरुद्धको ३ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी

एजेन्सी, ३० माघ । दक्षिण अफ्रीकाविरुद्धको ३ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेट घरेलु टिम पाकिस्तानले जितेको छ । पाकिस्तानको लाहोरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रीकालाई ३ रनले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि रिजा हेन्ड्रिक्सले ५४ र जानिमान आलमले ४४ रन बनाए ।

पाकिस्तानका उस्मान र हरिस राउफले २–२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित रहदै १ सय ४ रनको शतकीय इनिङ्स खेले ।

रिजवानको यो पहिलो टी–ट्वान्टी शतक हो । उनले ६४ बलमा ७ छक्का र ६ चौकासँगै अविजित १ सय ४ रन बनाए । दक्षिण अफ्रीकाका एडिलेले २ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);