दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको जित

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।

शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित रहदै ६२, इभिन लेविसले ३५, कप्तान केइरन पोलार्डले १३ तथा शिम्रन हिटमायरले १७ रन जोड्दा क्रिस गेल १६ रनमा आउट भए । पाकिस्तानका शहिन शाह अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१, मोहमद रिजवानले ४६ र फखर जमानले १५ रन बनाए ।

वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट लिए । ड्वाने ब्राभोले २ विकेट लिए । यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजा विहीन सकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);