क्रिकेट खेलाडीले लामो समयदेखि नपाएको तलब केही दिनमा पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

क्रिकेट खेलाडीले लामो समयदेखि नपाएको तलब केही दिनमा पाउने

nepal cricket

काठमाडौं, १७ भदौ । राष्ट्रिय क्रिकेट टिमका खेलाडीले झण्डै एक बर्षदेखि रोकिएको तलब केही दिनमा पाउने भएका छन् । खेलाडीले लामो समयदेखि नपाएको तलब अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले निकासा गर्ने भएको हो ।

आईसीसीले खेलाडीको तलब केही दिनमा रिलिज गर्ने नेपाल क्रिकेट एसोसियसन क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टिमका खेलाडीले सन् २०१९ देखि तलब पाएका छैनन् ।

गत बर्ष भएको निर्वाचनलगत्तै क्यानको नयाँ कार्यसमितिले खेलाडीको तलबको पहल गर्दै आएको थियो । सम्झौताभन्दा खेलाडीले मासिक १० हजार बढी तलब प्राप्त गर्ने क्यानल जानकारी दिएको छ ।

आईसीसीले खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गर्दै तलब निर्धारण गरेको थियो । खेलाडीले सोही श्रेणीअनुसार तलब पाउनेछन् । जसअनुसार ‘ए’ श्रेणीका खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार तलब पाउने उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);