राष्ट्रिय टोलीका फुटबल खेलाडी एरिक विष्ट कोरोना मुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रिय टोलीका फुटबल खेलाडी एरिक विष्ट कोरोना मुक्त

उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भए

काठमाडौं, १७ भदौ । नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडी एरिक बिष्ट कोरोना मुक्त भएका छन । बिष्ट आइसोलेशनमा बसेको १९ दिन पछि कोरोना मुक्त भएका हुन ।

नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि गत साउन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी बिष्टको भने रिपोर्ट पोजेटिभ देखिएको थियो ।

नेपालमा भदौ १ गतेबाट कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरिएको थियो ।तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडी गरिएको पीसीआर परीक्षणमा बिष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको बिष्टको भनाई छ ।

घरायसी बसाईलाई नै आइसोलेसन बनाएका बिष्टले उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको बताए । उनले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);