नेमार र डि मारियलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेमार र डि मारियलाई कोरोना संक्रमण

एजेन्सी, १८ भदौ । ब्राजिली खेलाडी नेयमार सहित फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका तीन खेलाडीलाई कोरोना भाईरस संक्रमण देखिएको छ । पीएसजीका फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको पीएसजीले पुष्टि गरेको छ ।

परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेको पिएसजीले जनाएको छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

कोरोनाकै महामारीका कारण नयाँ सिजन समेत प्रभावित बनेको छ । लिगको पहिलो खेल कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);