क्रिकेट संघ क्यानद्वारा विभिन्न पदमा दरखास्त आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

क्रिकेट संघ क्यानद्वारा विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं, १८ भदौ । नेपाल क्रिकेट संघ क्यानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । क्यानले बिहिबार सुचना जारी गर्दै नेपाली टिमको मुख्य प्रशिक्षकसहित विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा उमेश पटवालले राजिनामा दिएपछि क्यानले प्रशिक्षक खोजिरहेको छ ।

क्यानले अन्तराष्ट्रिय क्रिकेट काउन्सील आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र टिम ब्यवस्थापकका लागि आवदेन खुल्ला गरेको छ । यसैगरी सातै प्रदेशका लागि एक एक जना प्रशिक्षक पनि आह्वान गरिएको छ ।

क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको बिज्ञापन खुल्ला गरेको हो । यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

तर आईसीसीको प्रक्रियामा ढिलाई भएको कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि बिज्ञापन खुलाएको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै आगामी सेप्टेम्बर २३ भित्र क्यानमा पत्राचार गरिसक्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);