फ्रेन्च लिग वानमा लिलिसँग साविक विजेता पीएसजी पराजित | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

फ्रेन्च लिग वानमा लिलिसँग साविक विजेता पीएसजी पराजित

एजेन्सी, २२ चैत। फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी पराजित भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी लिलिसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पीएसजीको मैदानमा लिलिलाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए । यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो । खेलको ९० औं मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

यस्तै इन्जुरी समयमा लिलिका थियागोले पनि दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएका थिए ।

यस जितसँगै लिलिले लिगमा ३ अंकको अग्रता बनाएको छ । लिलिले ३१ खेलमा ६६ अंक जोडेको छ । दोस्रो स्थानको पीएसजीले ३१ खेलमा ६३ अंक जोडेको छ ।

Leave a Reply

ताजा समाचार