स्पेनिस ला लिगामा मड्रिडसँग एइबर २–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्पेनिस ला लिगामा मड्रिडसँग एइबर २–० गोल अन्तरले पराजित

एजेन्सी, २२ चैत । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको रियल मड्रिडले एइबरलाई २–० ले पराजित गरेको हो ।

रियल मड्रिडका लागि ४१ औँ मिनेटमा मार्को एसेन्सिओ र ७३ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरे ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २९ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६६ तथा तेस्रो स्थानको बार्सिलोनाको ६२ अंक छ ।

शनिबार राति भएका अन्य खेलमा भिल्लारियलले ग्रानाडालाई ३–० ले पराजित गर्दा ओसासुना र गेटाफेले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);