३४ वर्षपछि रियल सोसिडाडको हात स्पेनिस कोपा डेल रे उपाधि | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

३४ वर्षपछि रियल सोसिडाडको हात स्पेनिस कोपा डेल रे उपाधि

एजेन्सी, २२ चैत। रियल सोसिडाडले ३४ वर्षपछि स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।

सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । मिकेल ओयार्जाबलले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

योसँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।

बिल्बाओले भने यही अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ । सन् २०२०÷२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ । फाइनल खेल अप्रिल १७ मा हुनेछ ।

Leave a Reply