स्पेनिस कोपा डेल रे फुटवल: भ्यालेन्सियाद्वारा रियल वेटिस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

स्पेनिस कोपा डेल रे फुटवल: भ्यालेन्सियाद्वारा रियल वेटिस पराजित

football

काठमाडौं, १७ फागुन । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको दोस्रो लेगमा रियल बेटिसलाई १–० गोलले हराउँदै भ्यालेन्सियाले फाइनलमा स्थान बनाएको हो । भ्यालेन्सिया समग्रमा ३–२ गोलले विजयी भएको हो । यसअघिको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । भ्यालेन्सियाको जितमा रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

अब उपाधिका लागि भ्यालेन्सियाले स्पेनिस पावर हाउस बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार रियल म्याड्रिडलाई समग्रमा ४–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको छ । बार्सिलोना लगातार पाँचौं पटक यस उपाधि चुम्ने अभियानमा छ । यसैगरी सन् २००८ मा पहिलो पटक कोपा डेल रे जितेको भ्यालेन्सियालाई बलियो बार्सिलोना पन्छाउनु ठूलो उपलब्धि हुनेछ । कोपा डेल रेको फाइनल भिडन्त आगामी मे २५ तारिख हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);