स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाको जित

एजेन्सी, २३ चैत । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

पराजित भएको शीर्ष स्थानको एथ्लेटिको मड्रिडले दोस्रो र तेस्रो स्थानका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी बढाउने मौका गुमाएको छ ।

एथ्लेटिकोको २९ खेलबाट ६६ तथा रियल मड्रिडको ६३ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ र उ सोमबार राति हुने रियल भालाडोलिडसँगको खेलमा विजयी भएमा दोस्रो स्थानमा पुग्ने छ । सेभिल्ला २९ खेलबाट ५८ अंकसहित चौथो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);