बक्सरमा नक्सलवादी विद्रोहीसँग शनिबार भएको मुठभेडमा २२ सुरक्षाकर्मीकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

बक्सरमा नक्सलवादी विद्रोहीसँग शनिबार भएको मुठभेडमा २२ सुरक्षाकर्मीकाे मृत्यु

एजेन्सी, २२ चैत । भारतको छतिसगढ राज्य अन्तर्गतको बीजापुर र सुकमा जिल्लाको सिमावर्ती क्षेत्र बक्सरमा नक्सलवादी विद्रोहीसँग शनिबार भएको मुठभेडमा २२ सुरक्षाकर्मी मारिएका छन् ।

मुठभेडमा परेकामध्ये १७ जनाको शव आईतबार सुरक्षाकर्मीको सर्च अपरेशनका क्रममा फेला परेको छ । मुठभेडमा परेका १७ सुरक्षाकर्मीको शव आइतबार बरामद भएको हो । शनिबार अपरान्ह जिल्लाको बस्तर क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मी विच भएको थियो ।

योसँगै शनिबार राती भएको.प्रहरी र नक्सल विद्रोही बिच भएको दोहोरो झडपमा २२ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । यस्तै झडपमा अन्य ३० सुरक्षाकर्मी घाईते भएका थिए । घाईते पुलिसकर्मीको स्थानीय अस्पतालमा उपचार भईरहेको बताइएको छ । प्रहरी अधिकारी कश्यपले मुठभेडमा मृत्यु हुनेको संख्या २२ पुगेको पुष्टि गरेका छन् ।

कश्यपका अनुसार पाँच जना मृतकको शव शनिवार नै बरामद गरिएको थियो भने १७ जनाको शव भने आईतबारको सर्च अपरेशनका क्रममा फेला परेको थियो ।

शनिबार अपरान्ह १२ बजे बिजापुर अन्तर्गतकै बस्तर क्षेत्रकोे जोनागुड़ा गाउँ नजिक छतिसगढमा आफ्नो गतिविधी विस्तार गर्दै आएको नक्सलवादी संगठन पीपुल्स लिबरेशन गुरिल्ला आर्मी (पीएलजीए) को गुरिल्ला र सुरक्षा बलका बिच मुठभेड़ भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);