जम्बु काश्मिरमा भएको मुठभेडमा ८ आतंककारीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जम्बु काश्मिरमा भएको मुठभेडमा ८ आतंककारीको मृत्यु

jammukashmir

एजेन्सी , १८ चैत । जम्बु काश्मिरमा सुरक्षाकर्मी र आततंककारीबीच भएको मुठभेडमा ७ जना आतंककारीको मृत्यु भएको छ । सोपिया र कचडोरा क्षेत्र क्षेत्र तथा डरागढ गाउँमा मुठभेड भइरहेको छ । दक्षिण काश्मिरको अनंतानाग जिल्लामा सुरक्षाबल संगको भीडन्तमा आइतवार बिहान एक जना आतंककारी मारिएका छन । अहीलेसम्म ८ जना आतंकारीको मृत्यु भएको सुरक्षाकर्मीले जनाएका छन ।

जम्बु काश्मिरमा सुरक्षाकर्मी र आतंका कारीबीच यो साता फेरी मुठभेड शुरु भएको छ । आतंककारीको सूचना पाएपछि शनिवारदेखी नै घेराबन्दी गरेका सुरक्षाकर्मीहरुले आइतवार बिहान घमासान फायरिङ गरी सुरक्षा कारवाही गरेको छ । ८ जना आतंककारीहरु सुरक्षाकर्मीको आक्रमणमा मारिएका छन ।

प्राप्त समाचार अनुसार गस्तीमा निष्केका सेनाको गाडीमाथि आतंककारीले आक्रमण गरेपछि सेनाले थप बल मगाएर कारवाही शुरु गरेको छ । यो मुठभेडमा आतंककारी संगठन भनिएको लस्कर ए तोएवाका प्रमुख कमाण्डरले पनि मृत्युबरण गरेका छन । सुरक्षा बलले एकजना आतंककारीलाइ जीबितै पक्राउ गरेको छ ।

अनंतनाग मुठभेडमा मारिएका आतंककारीको नाम रउफ खाँडे रहेको बताइएको छ । जसलाइ आतंकवादी संगठन हिजबुल मुजाहिद्धिनसंग आवद्ध रहेको आरोप छ । यो घटनामा दुइजना सुरक्षाकर्मी घाइते भएका छन ।

सुरक्षाकर्मीहरु सेना सीआरपीएफ र स्थानीय प्रहरी मिलेर सुरक्षा कारवाही थालेका छन । यस क्रममा दूइ जना आतंककारी र अन्य तीन जना संदिग्ध ब्यक्तिलाई पक्राउ गरिएको बताइएको छ । सुरक्षाकर्मीहरुले सीमा क्षेत्रमा घुसपैठ,जमीनमुनी सुरुङ खनेर सीमाभित्र प्रबेश र तारकाटेर सीमामा अनाधिकृत प्रबेश गर्ने चुनौतीको सामना गर्दै आएको जनाइएको छ ।

सेनाले आतंककारीलाइ तह लगाउन कडा सुरक्षा प्रवन्ध गरेपनि बेला बखत आतंककारीहरु ग्रिनेड र आधुनिक हतियार प्रयोग गरी मुठभेड गर्दा सर्बसाधारण जनता आतंकित बनेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);