प्यालेस्टाइनको समर्थनमा जोर्डनमा वृहत जुलुस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्यालेस्टाइनको समर्थनमा जोर्डनमा वृहत जुलुस

१८ कात्तिक २०८०, शनिबार प्यालेस्टाइनको समर्थनमा जोर्डनमा वृहत जुलुस निकालिएको छ ।

गाजा पट्टीमा इजरायली हमलाको निन्दा गर्दै जोर्डनी नागरिकले प्यालेस्टाइनीहरूसँग ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका हुन् ।

जोर्डन र प्यालेस्टाइनको झण्डा फहराउँदै राजधानी अम्मानको मुख्य शहरमा हजारौंले विरोध प्रदर्शन गरेका थिए । यसैबीच इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका ७ लडाकु मारिएका छन् ।

शिया सैन्य समूह र लेबनानी सुरक्षा स्रोतहरूका अनुसार सीमामा इजरायली सेनासँगको हिंश्रक मुठभेडमा शुक्रवार बिहान सात हिज्बुल्लाह लडाकुको मृत्यु भएको हो भने अन्य चार जना सर्वसाधारण घाइते भएका छन् ।

हिजबुल्लाहले आफ्ना मारिएका सदस्यहरूप्रति शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ । लेबनानी आन्तरिक सुरक्षा बल र चिकित्सा स्रोतहरूले दक्षिणी लेबनानका धेरै क्षेत्रमा तोपको गोलाबारी र इजरायली हवाई आक्रमणबाट तीन लेबनानी नागरिक र एक सिरियाली शरणार्थी घाइते भएका छन् ।

लेबनानी रेड क्रसले उनीहरूलाई अस्पतालमा स्थानान्तरण गरेको छ । लेबनानी सैन्य स्रोतहरूकाअनुसार पछिल्लो हताहतले लेबनानी पक्षमा अक्टोबर यता मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

सीमावर्ती गाउँ अल वाजानीमा गत बुधवार बिहान दुई युवाको शव फेला परेको थियो । उनीहरुलाई मंगलवार इजरायली सेनाले बाख्रा चराउने क्रममा निशाना बनाएको थियो । ०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);