लेबनान–इजरायल सीमामा भिडन्तः २ जनाको मृत्यु, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

लेबनान–इजरायल सीमामा भिडन्तः २ जनाको मृत्यु, २ घाइते

एजेन्सी,२२ माघ । दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् । सिभिल डिफेन्स र मुस्लिम स्काउट एशोसिएशनका आधिकारिक स्रोतहरूले हवाई हमलाले चार भवन पनि ध्वस्त पारेको छ ।

गाउँका अन्य घरहरुमा पनि आंशिक रूपमा क्षति पुगेको छ । लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमानहरूले गत २४ घण्टामा सीमा क्षेत्रका लक्ष्यहरूमा २१ आक्रमणहरू गरेको बताए । दक्षिणी लेबनानको २५ शहर र गाउँहरूमा धेरै आक्रमण भएको बताए । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरायली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भण्डारण स्थललाई ध्वस्त पारेको छ ।

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरायली बस्ती र अन्य धेरै इजरायली साइटहरूमा आक्रमण गरेको बताएको छ । हिज्बुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरायल तर्फ दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो ।

हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा २४४ जनाको मृत्यु भएको छ । जसमा १७६ हिजबुल्लाह सदस्यहरू र ३९ नागरिकहरू छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);